सिलगढी: आज मेयर गौतम देवले सिलगढी नगरनिगम २३ नम्बर वार्डका पूर्व काउन्सिलर कृष्ण चन्द्र पालको तेस्रो पुण्यतिथिमा श्रद्धाञ्जलि अर्पण गरे। मेयर गौतम देवले सिलगढीको २३ नम्बर वार्डको सूर्यनगर मैदान अघि रहेको स्वर्गीय कृष्ण चन्द्र पालको सालिगमा माल्यार्पण गरेर श्रद्धाञ्जलि अर्पण गरे। यस अवसरमा दार्जिलिङ जिल्ला तृणमूल सभानेत्री पापिया घोष, डेपुटी मेयर रञ्जन सरकार, २३ नम्बर वार्ड काउन्सिलर लक्ष्मी पाल, दिवङ्गत कृष्ण चन्द्र पालका भाइ बाबलु पाल लगायत अन्य उपस्थित थिए। स्मरण रहोस्, कृष्ण चन्द्र पाल १९९४ सालदेखि केही वर्षसम्म वार्ड काउन्सिलरको रूपमा पदमा थिए।










