सिलगढी नगरनिगम मेयर गौतम देवद्वारा स्वास्थ्य केन्द्रको औपचारिक उद्घाटन गरियो

सिलगढी: सिलगढी नगरनिगमको ३२ नम्बर वार्डमा मेयर गौतम देवले स्वास्थ्य केन्द्रको औपचारिक उद्घाटन गरे। मेयर गौतम देवले आज ३२ नम्बर वार्डको ज्योतिर्मय कोलनीमा उक्त स्वास्थ्य केन्द्रको उद्घाटन गरे। यस अवसरमा मेयर परिषद दुलाल दत्त र ३२ नम्बर वार्डका पार्षद तापस चट्टोपाध्याय पनि उपस्थित थिए। यस सम्बन्धमा गौतम देवले भने, यस वर्ष आफूहरूले १२ वटा स्वास्थ्य केन्द्र स्थापित गर्ने अनुमति पाएका छौं। यदि यो काम पुरा भए आगामी वर्ष २५ वटा अझै स्वास्थ्य केन्द्र स्थापित गर्ने अनुमति पाउनेछौँ। यसबाहेक स्वास्थ्य केन्द्रलाई सुचारू रूपमा चलाउनको लागि २० लाख रुपियाँको लागतमा नयाँ भवन पनि निर्माण गरिनेछ। यसको साथै मेयरले वार्डवासीहरूलाई सलिड वेस्ट परियोजनाको ग्रीन र ब्लु रङ्गको बास्केट पनि प्रदान गरे।

About Author

Advertisement