सिलगढी: आज १८ वर्षभन्दा माथिकाहरूलाई बुस्टर डोज लगाइयो। उक्त बुस्टर डोज सिलगढी नगरनिगमको १५ नम्बर वार्ड कमिटीको पहलमा एवम् सिलगढी नगरनिगमको सहयोगमा गरिएको थियो। सिलगढीको १५ नम्बर वार्डको सिलगढी विवेकानन्द विद्यालयमा एउटा शिविरको आयोजना गरेर १८ वर्षभन्दा माथिकाहरूलाई कोरोना भ्याक्सिनको प्रथम, दोस्रो तथा बुस्टर डोज लगाइयो। उक्त शिविरमा मोठ ५०० जनालाई कोरोनाको भ्याक्सिन लगाइएको बताइएको छ।










