सिलगढी नगरनिगमको वार्ड नम्बर ४१ मा चोरीको आरोपमा एक महिला पक्राउ

IMG-20240703-WA0176

सिलगढी: सिलगढी नगरनिगमको वार्ड नम्बर ४१ अन्तर्गत ज्योतिनगर इलाकाको एक घरमा भएको चोरीको घटनाको अनुसन्धान गर्दा भक्तिनगर पुलिसले प्रधाननगर थाना अन्तर्गत चम्पासरी क्षेत्रकी एक महिलालाई पक्राउ गरेको छ। पक्राउ परेकी महिलाको नाम बबनी ब्याड बताइएको छ। पक्राउ परेकी महिलाले काखमा नानी लिएर भिख माग्ने गरेको पुलिसले थाहा पाएको छ। गत महिनाको ३० तारिख अवसरको फाइदा उठाउँदै उनले घरमा चोरी गरेका थिए। पक्राउ परेका महिलाले  दुई लाख रुपियाँको सुनका गरगहनासहित फरार भएको खुलासा भएको छ। उजुरीका आधारमा अनुसन्धान गर्दा पुलिसले ती महिलाको बारेमा थाहा पाएर उनलाई पक्राउ गरेको हो। बुधबार आरोपीलाई जलपाईगढी अदालतमा पेश गरिएको थियो। घटनाको सम्पूर्ण अनुसन्धानमा पुलिस व्यस्त छ।

About Author

Advertisement