सिलगढी: सिलगढी देवकोटा संघको हीरक वर्षको उपलक्ष्यमा संघको युवा विभागको नेतृत्वमा प्राथमिक स्तरकानानीहरूलाई लिएर चित्र बनाऊप्रतियोगिताकोआयोजना गरे। सिलगढी वरिपरीकाप्राथमिक विद्यालय र प्राथमिक स्तरका अन्य क्षेत्रकाकरिब ५५ जना नानीहरूले चित्र बनाऊ प्रतियोगितामा भाग लिए। निर्धारित समयमा दिउँसो ३ बजे कार्यक्रम आरम्भ गरे। संघको सभापति मिलन रूचालको सभापतित्वमा सम्पन्न प्रतियोगितामा अतिथि निर्णायकको रूपमा सन्तोष प्रधान र मिलन राई थिए भने संघको निर्णायकहरूमा श्याम कुमार प्रधान श्रीमती मीरा गजमेर अरोड़ा श्रीमती राधा प्रधान थिए।
नानीहरूको नाम पंञ्जिकरण गरेपछि उनीहरूलाई चित्र बनाउने सिटर पेन्सिल दिइयो। सर्वप्रथम ओमकारको मंत्र उच्चारण युवा विभागको संयोजिका श्रीमती गिता देवानले गरे। नानीहरूलाई दिएको १घण्टको समयमा अत्यन्त सुन्दर महत्वपूर्ण रअर्थपूर्ण चित्रहरू बनाए। त्यसमध्ये १० वटा अत्यन्त उत्कृष्ट चित्र थिए। अन्तमा सभापति द्वारा नानीहरूलाई ज्ञानवर्धक मनोरञ्जनको कार्यक्रम गरे। यसमा नानीहरूलाई लगायत उनीहरूका अभिभावक पनि आनन्दित भए। अन्तमा निर्णायकहरूलाई स्मृति चिन्ह प्रदान गरियो भने नानीहरूलाई प्रमाण पत्र र उपहार प्रदान गरे।










