सिलगढी: सिलगढी नगर निगम (एसएमसी) को आयोजनामा मङ्गलबार सहरमा विशेष सरसफाइ अभियान सञ्चालन गरिएको छ।
निगमका तोकिएका अधिकारीहरूको उपस्थितिमा सिलीगुडी थाना (एसएफ रोड) देखि जलपाईमोडसम्म सडक तथा वरपरको क्षेत्र सरसफाइ गरिएको हो। सहरलाई सफा, स्वच्छ र व्यवस्थित बनाउने उद्देश्यले सरसफाइ टोली र अधिकारीहरू आफैँ मैदानमा खटिएर यो अभियान सम्पन्न गरेका हुन्।





