सिलगढीमा यौन दुर्व्यवहारका दुई छुट्टाछुट्टै घटनामा दुई जना पक्राउ

What-are-my-Rights-when-I-am-Under-Arrest

सिलगढी: सिलगढीमा यौन दुर्व्यवहारसम्बन्धी दुई अलग–अलग घटनामा दुई जनालाई पक्राउ गरिएको छ। पक्राउ पर्नेहरू अभिनाश पाठक र दिलीप साहा रहेका छन्।
पुलिस स्रोतका अनुसार, सिक्किमकी एक युवती कामको सिलसिलामा लिम्बु बस्ती क्षेत्रमा भाडाको घरमा बस्दै आएकी थिइन्। उनी दैनिक उपभोग्य सामग्री किन्न नजिकैको एउटा पसलमा गएकी थिइन्। त्यही क्रममा पसलका मालिक अभिनाश पाठकले आफूमाथि यौन दुर्व्यवहार गरेको युवतीले आरोप लगाएकी छन्। यस घटनाबारे युवतीले भक्तिनगर पुलिस थानामा लिखित उजुरी दर्ता गराएकी थिइन्। उजुरीको आधारमा अनुसन्धान गर्दै प्रहरीले अभियुक्तलाई पक्राउ गरेको हो।
यसैबीच, अर्को घटना आशिघर चौकीअन्तर्गत आमतला क्षेत्रमा भएको बताइएको छ। स्थानीय कीर्तन कार्यक्रममा एक नाबालिगमाथि यौन दुर्व्यवहार भएको आरोप लागेको छ। उक्त घटनामा दिलीप साहालाई स्थानीय बासिन्दाले रंगेहात समातेर प्रहरीको जिम्मा लगाएका थिए। पछि उनको विरुद्धमा लिखित उजुरी दर्ता गरिएपछि उनलाई पक्राउ गरिएको हो।
दुवै अभियुक्तलाई शुक्रबार जलपाइगुडी अदालतमा पेश गरिएको छ। घटनाबारे पुलिसले थप अनुसन्धान जारी राखेको जनाएको छ।

About Author

Advertisement