सिलगढीमा यौन उत्पीडनको विरोध गर्दै शीर्ष खेलाडीहरूको गिरफ्तारीको विरोधमा प्रदर्शन

IMG-20230529-WA0149.jpg

सिलगढी: दिल्लीमा प्रदर्शन गरिरहेका भारतका सर्वश्रेष्ठ खेलाडीहरूको पुलिस क्रूरता र गिरफ्तारीको बिरूद्ध डिएसओ, डिवाईओ, एमएस द्वारा सिलगढीमा र्‍याली निकालियो। भारतका शीर्ष एथलीटहरूले दिल्लीमा यौन उत्पीडनको विरोध गरिरहेका छन्। हिजो उनीहरुमध्ये धेरैलाई पुलिसले पक्राउ गरेको र उनीहरुलाई पुलिसले यातना दिएको आरोप लगाएका छन्। घटनाको विरोध गर्दै सोमबार दिउँसो डिएसओ, डिवाइओ, एमएसएस संगठनहरूले संयुक्त रूपमा सिलगढीको कोर्ट मोडबाट र्‍याली निकाले। हिजो भएको घटनाको यस र्‍यालीको मार्फत घोर भर्त्सना जनाइएको छ।अर्कोतर्फ दिल्लीमा यौन उत्पीडनको विरोधमा प्रदर्शन गरिरहेका खेलाडीलाई पुलिसले हिजो पक्राउ गरेको छ। सिलगढीमा गान्धीको प्रतिमा अगाडि खेल प्रेमी संघले सोमबार दिउँसो मुखमा कालो कपडा बाँधेर पुलिसले पक्राउ गरेको र उत्पीडनको आरोप लगाएर मौन धर्ना दिएको छ। उनले हिजोको घटनाको कडा विरोध गरे।

About Author

Advertisement