सिलगढीमा मेगा म्याराथन दौड

IMG_20220807_161403.jpg

सिलगढी: आज बिहान सिलगढीमा मेगा म्याराथन दौड उत्तरबंग सेवा भारतीको पहलमा आयोजना गरियो। उक्त म्याराथन दौड सालुगढादेखि सुरू भएर चेकपोस्ट, सेभोक रोड, पानीट्याङ्की मोड़, गुरु नानक चौक, हिलकार्ट रोड, हासमी चौक, टिकियापाड़ा मोड़, स्टेशन फिडर रोड हुँदै हिन्दी हाई स्कुलमा पुगेर समापन गरियो। यसैगरी, अर्को म्याराथन दौड हिन्दी हाई स्कुलबाट सुरू भएर वर्द्धमान रोड, महात्मा गाँधी चौक, गुरुनानक चौक, हाशमी चौक, टिकियापाड़ा मोड़, स्टेशन फिडर रोड हुँदै पुनः हिन्दी हाई स्कुलमा पुगेर समपान गरियो। उक्त म्याराथन दौडमा धेरैजना युवक-युवतीहरूले अंश ग्रहण गरेका थिए। उक्त कार्यक्रममा मुख्य अतिथिको रूपमा पद्मश्रीद्वारा सम्मानित भारतीय कुश्ती खेलाड़ी योगेश्वर दत्त उर्फ योगी पहलवान उपस्थित थिए। यस अवसरमा डाबग्राम-फुलबारीका विधायक शिखा च्याटर्जीले भनिन्, आजादीको अमृत महोत्सवलाई लिएर हाल देशभरिमै खुशीको माहौल रहेको छ। यसै अन्तर्गत आज म्याराथन दौडको आयोजना गरिएको हो। तिनले सबै मानिसहरूलाई आ-आफ्नो घरमा भारतको झण्डा लगाउने अपील पनि गरिन् ।

About Author

Advertisement