सिलगढीमा नदी दिवसको अवसर पारेर सचेतनता अभियान गरियो

15-18-47-nodi-1024x576.jpg

सिलगढी: २५ सितम्बर विश्व नदी दिवसको रुपमा पालन गरिन्छ।धेरैलाई आजको दिनबारे थाहा नहुन सक्छ। विश्वका नदीको सुरक्षा र सफाई हेतु आजकै दिनलाई विश्व नदी दिवसको रुपमा पालन गरिन्छ। महालयको बिहान आज सिलगढी र उत्तरबंगको नदीहरूलाई बचाउने सन्देशको साथमा शहरका विभिन्न संगठनहरूले सचेतनता अभियान चलाएको छ।सिलगढीको लालमोहन मौलिक घाटमा आज बिहान पर्यावरणप्रेमीहरूको संगठन, स्वयंसेवी संगठनका सदस्यहरूले सचेतनता अभियान चलाए। सिलगढी शहरको महत्वपूर्ण महानन्दा नदीमा प्रदूषणको मात्रा निक्कै बढेकोले यसबारे ग्रिन ट्रिब्यूनलमा मामिला पनि दर्ता गरिसकेको बताए। महानन्दा नदीलाई बचाउनको लागि धेरै वर्ष अघिदेखि सहरका विभिन्न संगठनहरूले आवाज उठाइरहे तापनि विभिन्न कारणले गर्दा नदीको प्रदूषण रोक्न सकेको छैन। यसैले आज नदी दिवसको अवसरमा विभिन्न संगठनहरूले सहरमा सचेतनता अभियान चलाउँदै नदीमा तर्पणको लागि आएका मानिसहरूलाई जागरूक पनि गराए। यसको साथै संगठनका सदस्यहरूले हातमा प्ला कार्ड बोकेर महानन्दा नदी अघि एउटा याली पनि निकाले।

About Author

Advertisement