करोडौंको ठगीको आरोपमा पाँच पक्राउ
सिलगढी: कल सेन्टरको आडमा करोडौं रुपैयाँको ठगीको मुद्दाको छानबिन गर्दै दिल्ली पुलिस सिलगढी पुगेको छ। त्यसपछि दिल्ली पुलिसको साइबर टोलीले सिलगढी महानगरीय पुलिस प्रधान नगर थानाको सहयोगमा एक होटलमा जम्मा पाँच जनालाई हिरासतमा लिएको छ। स्रोतका अनुसार करिब ५ महिना अगाडि एक व्यक्तिले जीवन बीमाको नाममा दिल्ली साइबर सेलमा २.५ करोड रुपैयाँको साइबर ठगीको मुद्दा दर्ता गरेका थिए। त्यसपछि घटनाको छानबिन गर्दै दिल्ली साइबर सेलको टोलीले अहिलेसम्म साइबर गिरोहका ७ अभियुक्तलाई पक्राउ गरिसकेको छ। सोही क्रममा कैयौं गिरोहका सदस्य पुलिसको पहलबाट बाहिर थिए।
यहाँ अनुसन्धानका क्रममा दिल्ली साइबर टोलीले गिरोहका दुई सदस्यलाई मोबाइल टावर लोकेशन सिलगढीमा फेला पारेको थियो। यसपछि आज दिल्ली साइबर टोलीले सिलगढी पुगेर प्रधाननगर पुलिस थानासँग मिलेर चम्पासरीको देविडंगा जाने बाटोमा रहेको उत्पल नगर क्षेत्रमा रहेको एउटा होटलमा अपरेशन गरी गिरोहका दुई सदस्यसहित पाँच जनालाई पक्राउ गरेको हो। दिल्ली साइबर टोलीले पक्राउ परेका पाँच जनासँग सोधपुछ गरिरहेको छ।










