सिलगढीमा जनतासँग चिया छलफल, क्षेत्रको उज्ज्वल भविष्यबारे विचार आदानप्रदान

Screenshot_20260306_224621_Facebook

सिलगढी: सिलगढीको प्रसिद्ध स्थल विधान बजारस्थित नेताजी क्याबिनमा पश्चिम बंगालका भारतीय जनता पार्टीका प्रदेश अध्यक्ष सामिक भट्टाचार्यसँग लोकसभा सांसद राजु विष्टको भेटघाट तथा चिया छलफल कार्यक्रम सम्पन्न भयो।
प्राप्त जानकारी अनुसार सांसदले कार्यक्रमका क्रममा त्यहाँ उपस्थित स्थानीय बासिन्दासँग चियासँगै विभिन्न विषयमा खुला छलफल गरे। विशेषगरी क्षेत्रको उज्ज्वल भविष्य, विकासका सम्भावना तथा जनसरोकारका विभिन्न मुद्दाहरूका बारेमा विचार आदानप्रदान गरेको सांसदले जनाए।
उक्त अवसरमा सांसद विष्टले स्थानीय जनतासँग प्रत्यक्ष संवाद गर्दै क्षेत्रको समग्र विकासका लागि आवश्यक पहल र जनचासोका विषयहरूलाई प्राथमिकताका साथ अघि बढाउने विषयमा पनि चर्चा गरे।

About Author

Advertisement