सिलगढीमा चोरीको सामान सहित एक युवक पक्राउ

Untitled-17-1024x576.jpg

सिलगढी: प्रधाननगर पुलिस थानाले चोरीका सामानसहित एक युवकलाई पक्राउ गरेको छ। पक्राउ परेका युवकको नाम करण सिंह हो। प्राप्त जानकारी अनुसार गुरुङ बस्तीको भानुभक्त सरानी क्षेत्रमा रहेको खाली घरमा चोरी भएको भन्दै १७ तारिक प्रधाननगर थानामा उजुरी परेको थियो।जसमा घरबाट काँसाका भाँडा र ग्यास सिलिन्डर चोरी भएको उजुरी परेको थियो। त्यसपछि घटनाको छानबिन गर्दै हिजो राति सिलगढी जंक्शन क्षेत्रबाट करण सिंह नामका युवकलाई पक्राउ गरिएको थियो। युवकलाई सोधपुछ गरेपछि पुलिसले महानन्दाको किनारमा रहेको झुपडीबाट चोरी भएको सामान बरामद गरेको हो। आज पुलिसले आरोपी करण सिंहलाई सिलगढी अदालतमा पेश गरेको छ।

About Author

Advertisement