सिलगढीबाट २३ गाई र बाछासहित ३ असमिया पक्राउ

IMG-20230811-WA0247.jpg

सिलगढी: सिलगढीको घोषपुकुर चौकीले बिहारबाट असममा तस्करी भईरहेको गाईसहित ३ जनालाई पक्राउ गरेको छ। १३ वटा गाई र १० वटा बाछालाई गाडीमा तस्करीका लागि आसाम लैजाँदै गरेको प्रहरीले स्रोतबाट जानकारी पाएको थियो। त्यसपछि पुलिसले घोषपुकुर चोकमा गाडी रोकेर चालकलाई वैध कागजात देखाउन भने। तर उनले पशुपालनको अनुमति भने देखाएनन्। उनलाई पक्राउ गरी फाँसीदेवा पुलिस थानामा लगियो। गाईहरूलाई अस्तबलमा पठाइएको छ।

पक्राउ पर्नेमा सुरुज अली, बक्कर अली, मोइजुद्दीन अली रहेका छन्। पक्राउ परेकाहरू आसामका बासिन्दा हुन्। पक्राउ परेकाहरूलाई आज सिलगढी डिभिजनल कोर्टमा पठाइएको छ। यस विषयमा घोषपुकुर थानाले अनुसन्धान सुरु गरेको छ।

About Author

Advertisement