सिलगढी: सिलगढीको एउटा भवनमा आगलागी हुँदा हलचल मच्चियो। सिलगढी नजिकै माझाबाडी क्षेत्रमा आगलागी हुँदा त्रासपूर्ण वातावरण देखियो। दमकलको दुईवटा गाडी घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लियो। तर, त्यतिन्जेलसम्म बहुतले भवनको माथिल्लो भागमा क्षति पुगेको थियो। शुक्रबार दिउँसो करिब १२ बजेतिर मझाबाडी क्षेत्रमा रहेको बहुतले आगलागी भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ। आगलागीको खास कारण खुल्न सकेको छैन। यसैबीच घटनाको खबर पाएलगत्तै दमकलका दुईवटा गाडी त्यहाँ पुगेर आगो नियन्त्रणमा लियो। सूचना पाएपछि स्थानीय विधायक शिखा च्याटर्जी आइपुगिन्। आगलागी कसरी भयो भन्ने खुल्न नसकेको उनले बताए। तर आगलागीबाट धेरै क्षति भएको छ।









