सिलगढी: सिलगढी नजिकैको फुलबारीमा रहेको एउटा मन्दिरमा चोरीको घटना प्रकाशमा आएको छ। बुधबार राति मन्दिरबाट काँसाको भाँडो, मन्दिरको घण्टी र पूजा सामग्रीहरु चोरी भएको थियो। यो घटना फुलबारीको महानन्द ब्यारेज नजिक रहमुजोत क्षेत्रमा रहेको पातलपुरी योगाश्रम मन्दिरमा भएको हो। खबर पाएर लगत्तै फासिदेवा पुलिस घटनास्थलमा पुगेको थियो।

यस सम्बन्धमा यस मन्दिरमा यसअघि पनि दुई पटक चोरी भएको स्थानीयले बताएका छन्। पुलिसले घटनाको अनुसन्धान गरिरहेको छ।










