सिलगढी। यसभन्दा अगावै आज सिलगढीको इस्कन मन्दिरमा जगन्नाथ, बलराम र सुभद्राको स्नान यात्रा कार्यक्रम सम्पन्न भयो। आगामी १ जुलाईमा रथयात्रा निकालिइनेछ। यसको निम्ति आज विशेष पुजा-आजाको साथमा जगन्नाथ, बलराम र सुभद्रालाई घ्यू, मह, दही र दुधले स्नान गराइयो। इस्कन मन्दिरको तर्फबाट नामकृष्ण दासले बताएअनुसार मन्दिरमा आज स्नान यात्राको आयोजना गरियो भने अब १५ दिनपछि रथयात्रा निकालिइनेछ। कोरानाको प्रकोप कम्ती भएकोले यस वर्ष धुमधामको साथमा रथयात्रा निकालिइनेछ।









