सिलगढीका युवकले सेवक बाघपुलबाट टिस्टामा हामफाले

Capture3-1.png

सिलगढी: सिलगढीका एक युवकले सेवक कोरोनेशन ब्रिज वा बाघपुलबाट टिस्टा नदीमा हाम फालेका छन्। युवकको नाम गौराङ मण्डल हो। उनी दक्षिण शान्तिनगरको विनयामोड क्षेत्रका बासिन्दा हुन्।
युवक बुधबार बिहान घरबाट निस्किएका थिए। त्यसपछि दिउँसो उनले आफन्तलाई फोन गरेर आत्महत्या गरिरहेको बताए। त्यसको केही समयपछि गौराङले पुलबाट टिस्टा नदीमा हाम फालेको बताइएको छ। घटनाको खबर पाएलगत्तै परिवारका सदस्य र नोकरहरु त्यहाँबाट निस्किएका थिए। आत्महत्या गर्नुको कारण भने खुल्न सकेको छैन।

About Author

Advertisement