सिलगढीका गोपाल दास तेस्रो स्थानमा बडी बिल्डिङ मिस्टर इन्डिया प्रतियोगितामा

photocollage_20234116237416.jpg

सिलगढी: पटनामा आयोजित राष्ट्रिय स्तरको मिस्टर इन्डिया प्रतियोगितामा सिलगढीका गोपाल दासले तेस्रो स्थान हासिल गरेको छ।आर्थिक अवस्था कमजोर रहे तापनि गोपालले आफ्नो मेहनत तथा लगनशीलताले गर्दा यो सफलता हासिल गरेको छ। गोपालले सानै उमेरदेखि बडी बिल्डिङ शुरू गरेका थिए। यसपछि तिनले विस्तारै-विस्तारै बडी बिल्डिङ प्रतियोगितामा अंश ग्रहण गर्न थालेका थिए। बडी बिल्डिङको खर्च उठाउनको लागि तिनले विभिन्न ठाउँमा ट्रेनिङ दिने गर्दथे। मिस्टर इन्डिया प्रतियोगिताको लागि तिनले गत केही महिनादेखि अभ्यास गर्दै थिए । गोपालले राष्ट्रीय स्तरको मिस्टर इन्डिया प्रतियोगितामा अंश ग्रहण गरेर तेस्रो स्थान हासिल गरेको छ। यस सम्बन्धमा गोपाल दासले भने, सानैदेखि बडी बिल्डिङमा रुचि रहेकोले गर्दा मैले प्रोफेशनली बडी बिल्डिङ शुरू गरे। कोच मनोज दासको देखरेखमा बडी बिल्डिङ गरेर आज उक्त सफलता हासलि गरेकोमा म निक्कै खुसी छु। स्पन्सर नभएकोले गर्दा म आफै नै ट्रेनिङ दिएर रुपियाँ कमाएर यसको खर्च उठाउने गर्दछु।

About Author

Advertisement