सिलगढ़ी युनाइटेड एफसी-को रेसिडेन्सियल एकाडमी शुरु

२७ जनवरीः उत्तर बंगालको शीर्ष क्लब सिलगढ़ी युनाइटेड एफसी-ले सिलगढ़ी युनाइटेड फूटबल स्कूलको नामले सम्पूर्ण रेसिडेन्सियल एकाडमी शुरु गरेको छ। यस रेसिडेन्सियल फूटबल एकाडमीमा विभिन्न आयु वर्गमा खेलाड़ीहरूलाई शीर्ष स्तरको प्रशिक्षण प्रदान गरिनेछ। यसको साथमा खेलाड़ीहरूका निम्ति आवास, भोजन र शिक्षाको बन्दोबस्त पनि रहनेछ। क्लबले खेलाड़ीहरूलाई भारतका शीर्ष टीमहरूबाट खेल्ने मौका पनि प्रदान गरिनेछ। सिलगढ़ी युनाइटेड फूटबल एकाडमीबाट प्रशिक्षण लिएर नै तुषार विश्वकर्मा (एचएएल, ब्रदर्स युनाइटेड सिक्किम), सौरभ तामाङ (हिन्दुस्तान एफसी, ड्रीम युनाइटेड, सुदेवा एफसी), प्रवीण सुब्बा (बेंगलुरु ए डीविजन), आर्तो पाल ( बेंगल फूटबल एकाडमी) र सौरभ सुब्बा (ड्रीम युनाइटेड, हीरो युथ लीग)-ले शीर्ष स्तरमा खेल्ने मौका पाएको सिलगढ़ी युनाइटेड एफसी-का प्रमुख अनिमेश लामाले बताएका छन्।

About Author

Advertisement