सिलगढ़ी देवकोटा संघको नारी विभागद्वारा राहत सामग्री वितरण

00-1-Chhetriya-Samachar-1

सिलगढी: नारी विभाग सिलगढ़ी देवकोटा संघको आयोजनामा दार्जीलिङ मोड़स्थित चेतना ल्याप्रोसी कलोनी र आसिगढ़, फोकदेबारीमा २३ विपन्न परिवारलाई बुधबार राहत सामग्री वितरण कार्य गरियो गरे। सिलगढ़ी देवकोटा संघको हीरक वर्षको उपलक्ष्यमा यस महिना विभिन्न सामाजिक कार्यहरू मध्ये यो कार्यक्रम विपन्न परिवारलाई त्राणवाराहत सामग्री वितरण गर्नु थियो। नारी विभागले विभिन्न इलाकाका विपन्न परिवारलाई राहत सामग्री वितरण गर्दै आएको छ। यसै कार्यक्रम अन्तर्गत २३ विपन्न परिवारलाई राहत सामग्री वितरण गरे। सिलगढ़ी देवकोटा संघको नारी विभाग संयोजिका श्रीमती पार्वती ठकुरीले कार्यक्रमको नेतृत्व गरेकी थिइन् भने नारी विभागका सदस्यहरू सेवा कार्यमा लागेको सह सचिव श्याम प्रधानले एक विज्ञप्तिमा बताएका छन्l  

About Author

Advertisement