सिलगढ़ी। सिलगढ़ीको मतिगढ़ाको पालपाड़ा क्षेत्रमा रहेको एउटा काठ पसलमा भीषण आगलागी भएको छ। घटना बिहीबार राति भएको हो। पसल मालिक मनरञ्जन कविराज सदाझैँ पसल बन्द गरेर घर गएको थियो भने राति करिब १०ः३० बजे उनले आफ्नो पसलमा आगलागी भएको जानकारी पाएर उनी तुरुन्तै घटनास्थल पुगे। घटनाको जानकारी पाएलगत्तै दमकलका तीनवटा गाड़ी घटनास्थलमा पुगेर आगो नियन्त्रणको काम थालेका थियो। तर, आगोको तीव्रतालाई ध्यानमा राख्दै दमकलले आगो नियन्त्रणमा लिन अलिकति हतार गर्नुपरेको थियो। पसलभित्र करिब तीन करोड रुपियाँ बराबरको काठको फर्निचर र सामान थियो। सुरुमा सर्ट सर्किटका कारण आगलागी भएको पाइएको भएपनि आगलागीको वास्तविक कारणबारे अनुसन्धान भइरहेको दमकलले जनाएको छ।









