सिरुबारीमा तामाङ संस्थाद्वारा निःशुल्क आँखा जाँच अनि रक्तदान शिविर

IMG-20240610-WA0231.jpg

खरसाङ: खरसाङको गिध्द पहाड़स्थित डीआरसी गोदाम, माथिल्लो सिरुबारीमा तामाङ संस्थाद्वारा निःशुल्क आँखा जाँच अनि रक्त दान शिविरको आयोजना गरिएको छ। उक्त रक्तदान शिविरमा ३९ जना सदस्यहरूले रक्तदान गरेका थिए। यसको साथै ७६ जनाभन्दा बढी सदस्यहरुले निःशुल्क आँखा जाँच गरी जम्मा १७ जनाको क्याटरेकको बिमारी भेटाइयो। उक्त रक्तदान शिविरमा समाज सेवा समिति अग्रिम वेलफेयर सोसाइटी अनि तामाङ संस्थाको सम्पूर्ण सदस्यहरू लगायत तल्लो सिरुबारी गिध्द पहाड़ र चौकी डाँडाको ग्रामवासीहरूले पनि सहभागिता जनाएका थिए।

अन्त्यमा गिध्द पहाड़ तामाङ संस्थाका सचिव दिपंकर गुरुङले सम्पूर्ण रक्त संकलन गर्नेहरू र आँखा जाँच कर्मीहरुलाई धन्यावाद ज्ञापनसहित खदार्पण गरिएको जानकारी प्राप्त भएको छ।

About Author

Advertisement