२२ अगस्तः सिमुलबारी स्पोर्टिंग क्लबको तत्त्वावधानमा सिमुलबारी गोल्ड कप फूटबल टुर्नामेण्टको चौथो सीजनमा १९ सेप्टेम्बरदेखि शुरु हुनेछ। आयोजकहरूद्वारा जारी आधिकारिक बयानमा यस्तो जानकारी दिइएको छ। टुर्नामेण्ट १९ सेप्टेम्बरदेखि शुरु हुनेछ अनि फाइनल १० अक्टोबरमा खेलिनेछ। गत वर्षहरू झैं यस वर्ष पनि २० वटा नामी-दामी टीमहरूलाई प्रवेश दिइनेछ। यस साल टुर्नामेण्टमा दार्जीलिङ पुलिस, युनाइटेड एफसी दार्जीलिङ, दलसिंगपाड़ा स्पोर्ट्स एकाडमी (डीएसए), एसएसबी रानीडांगा, जलपाइगढ़ी पुलिस र नेपालको टीम मुख्य आकर्षण हुनेछ। टुर्नामेण्टको सबै म्याचहरू सिमुलबारी खेल मैदानमा हुनेछ। सिमुलबारी गोल्ड कप फूटबल टुर्नामेण्टको चौथो सीजनमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसको साथमा एकाधिक व्यक्तिगत पुरस्कारहरू पनि रहनेछ। टुर्नामेण्टको गत सीजनमा एमएमएफसी निरपानी च्याम्पियन भएको थियो।











