सिमुलबारी गोल्ड कपः आर्मी रेड च्याम्पियन

IMG-20251228-WA0096

सिमुलबारी: सिमुलबारी स्पोर्टिंग क्लबको तत्त्वावधानमा आयोजित सिमुलबारी गोल्ड कप फूटबल टुर्नामेण्टको पाँचौं संस्करणमा आर्मी रेड च्याम्पियन बन्यो। आइतवार सिमुलबारी खेल मैदानमा भएको चरम रोमाञ्चक फाइनल म्याचमा आर्मी रेड, बेंगलुरुले दलसिंगपाड़ा स्पोर्ट्स एकाडमी (डीएसए)-विरुद्ध २–१–ले जीत हासिल गऱ्यो। विजेता टीमको तर्फबाट रेवोन सुन्दासले २५औं र लिटन शिलले ४९औं मिनटमा गोल गरे। यसरी डीएसए को तर्फबाट बिनित लोहारले ४६औं मिनटमा गोल गरे। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरियो। यसरी रनरअप हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरियो। समापन समारोहमा मुख्य अतिथिको रूपमा जीटीए (गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन) का प्रमुख कार्यपाल अनित थापा उपस्थित थिए।
संक्षिप्तमाः पाँचौं सिमुलबारी गोल्ड कप
च्याम्पियनः आर्मी रेड, बेंगलुरु
रनरअपः दलसिंगपाड़ा स्पोर्ट्स एकाडमी (डीएसए)
प्लेयर अव् द टुर्नामेण्टः बिष्णु, आर्मी रेड
हाईएस्ट स्कोररः रेवोन सुन्दास, आर्मी रेड
बेस्ट गोलकीपरः प्रेमचन्द, आर्मी रेड
प्लेयर अव् द म्याचः उमेश तिर्की
एमर्जिंग प्लेयर अव् द टुर्नामेण्टः अजनिश राई, युनाइटेड एफसी दार्जीलिङ
गोल अव् द टुर्नामेण्टः रोमन भुजेल, तरुञ्जाबारी एफसी
फेयर प्ले ट्रफीः तरुञ्जाबारी एफसी

About Author

Advertisement