सिपाहीधुरामा हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियनको युनिट कमिटी गठन

IMG-20250227-WA0239

खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा समर्थित श्रमिक संगठन हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन सिपाहीधुरा युनिट कमिटी गठन गरिएको छ। उक्त कमिटी गठनको लागि सिपाहीधुरामा एक सभा तीनधारे महानदी समष्टिको संयोजक राजेस थापाको पहलमा अनि पञ्चायत प्रधान मोहनकुमार प्रधानको अध्यक्षतामा सभा सम्पन्न भएको छ। यसै सभामा हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन सिपाहीधुरा चियाबारी युनिट कमिटी गठन गरिएको छ। उक्त युनिट कमिटीमा सभापति स्मिता प्रधान, उप सभापति लक्ष्मी प्रधान र मनु तामाङ, सचिव निर्मल प्रधान, सह सचिव सुजिता सिन्हा र ईशा प्रधान, कोषाध्यक्ष सन्दीप प्रधान र स्वास्ता प्रधान, सल्लाहकारमा बिराज प्रधान, मोहनकुमार प्रधान, मदन तामाङ, मिलन प्रधान, राजीव राई, सपु राई, सुमित थापा, उपेन्द्र राई, बसन्त शर्मा, सबीर प्रधान लगायत १६ जनाको कार्यकारी सदस्यहरु चयन गरिएको जानकारी हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन तीनधारे महानदी समष्टिको संयोजक राजेस थापाले दिएका छन्।

About Author

Advertisement