सिपाहीधुरामा दैलो सरकार शिविर सम्पन्न

00-1-Dware-Sarkar-1

खरसाङ:  शनिबार (८ अप्रेल) स्थानीय सिपाहीधुरामा स्थित मोटेलमा सन्त मेरिज १ ग्राम पंचायत मार्फत् आयोजित राज्य सरकारद्वारा सञ्चालित दैलोमा सरकार कार्यक्रम सम्पन्न भयो। सो कार्यक्रममा यस क्षेत्रका सर्वसाधारणले विभिन्न प्रकारका सरकारी सुविधाहरू लक्ष्मी भण्डार, स्वास्थ्य साथी कार्ड, राशिन कार्ड संशोधन, नयाँ राशिन कार्डको आवेदन, ओबीसी,एस.टी,एस.सीको प्रमाण पत्र बनाउनका लागि दैलोमा सरकार शिविर राखिएको थियो। यस शिविरमा पंचायतका सचिव/सह-कार्यकारी विशेष खरसाङ सह-खण्ड विकास अधिकारीको उपस्थितिमा आँगनवाडी (आईसीडीएस) आशा कर्मी, स्वनिर्भर समूहद्वारा जनचेतनाको निम्ति उक्त शिविरमा विभिन्न कार्यक्रमहरु पनि राखिएको थियोl यसमा लेट्स गो फाउन्डेशन सिपाहीधुरा चिया बगानद्वारा पनि मानिसहरुमा जनचेतना जगाउन कार्यक्रम राखिएको थियोl यस दैलोमा सरकार कार्यक्रमबाट स्थानीय सर्वसाधारण लाभान्वित भएका छन्l

About Author

Advertisement