सिन्धू विश्व च्याम्पियनशीपको प्री-क्वार्टरमा, आयुष पनि अघि बढ़न सफल

IMG-20260820-WA0132

नयाँ दिल्ली: भारतकी स्टार शट्लर पीभी सिन्धूले बीडब्ल्यूएफ ब्याडमिण्टन विश्व च्याम्पियनशीपमा असाधारण प्रदर्शन गर्दै क्यानाडाकी झांग वेन यू-लाई सीधा गेममा २१-१६, २१-१७-ले पराजित गरी महिला एकलको प्री-क्वार्टर फाइनलमा प्रवेश गरिन्। नयाँ दिल्लीको इन्दिरा गान्धी इण्डोर स्टेडियममा खेलिएको म्याचमा जीत हासिल गर्न नवौं वरीयता प्राप्त सिन्धूलाई ३४ मिनट समय लाग्यो। सिन्धूले म्याचको शुरुवात आक्रामक मिजासमा गर्दै लगातार ४ अंक हासिल गरिन्। त्यसपछि झांग वेन यू-ले पनि पुनरागमन गर्दै भारतीय खेलाड़ीलाई कड़ा चुनौती दिइन्। सिन्धू ब्रेकसम्म ११-९-को बढ़तमा रहेकी थिइन्। ब्रेकपछि पनि झांगले लड़ाइँ जारी राखिन् तर गेमको निर्णायक चरणमा सिन्धूले धैर्य कायम राखिन्। उनले १९-१५-को बढ़त हासिल गरेपछि केवल १६ मिनटमा पहिलो गेम २१-१६-ले जितिन्। दोस्रो गेम अझ रोमाञ्चक रह्यो। झांगले सिन्धूलाई सजिलै बढ़त हासिल गर्ने मौका दिइनन्। एक समय स्कोर ९-९-को बराबरीमा रहेको थियो। त्यसपछि क्यानाडाकी खेला़डीले लगातार अंक बटुलेर ब्रेकसम्म ११-९-को बढ़त हासिल गरिन्। ब्रेकपछि सिन्धूले आफ्नो अनुभव र आक्रामक खेललाई असाधारण तरिकाले प्रयोग गरिन्। उनले लगातार ५ अंक हासिल गरी म्याचको रंग बदलिन् अनि चाँड़ै बढ़त हासिल गरिन्। झांगले पनि हरेस नखाइ सिन्धूमाथि दबाउ कायम राखिन्। जीतको नजिक पुगेपछि भारतीय खेलाड़ीले फेरि धैर्य कायम राखिन् अनि दोस्रो गेम २१-१७-ले जितेर अघिल्लो राउण्डमा प्रवेश गरिन्। प्री-क्वार्टर फाइनलमा सिन्धूको भिड़न्त तेस्रो वरीयता प्राप्त चीनकी खेलाड़ी वांग जी यी-सँग हुनेछ। वांग जी यी-ले मलेशियाकी करुनाथेवन लेतशानालाई २१-१६, २१-९-ले पराजित गरिन्। पुरुष एकलमा पनि भारतको निम्ति खुशीको खबर रहेको छ। पुरुष एकलमा आयुष शेट्टीले अघिल्लो राउण्डमा प्रवेश गरे। उनले श्रीलंकाका डुमिण्डु अबेविक्रमालाई केवल २६ मिनटमा २१-८, २१-१०-ले पराजित गरी प्री-क्वार्टर फाइनलको टिकट हासिल गरे।

About Author

Advertisement