सिनिद्वारा चाइल्ड राइट्स वीक पालन

ad5e43a5-6e4a-4c26-8b28-f72a62ad4021


कालचिनी- चाइल्ड इन नीड इन्स्टीट्यूट सिनि संगठनको आयोजनामा आज बाल दिवसलाई बाल अधिकार सप्ताह अर्थात चाइल्ड राइट्स वीकको रुपमा पालन गरिएको जानकारी सिनि अलिपुरद्वार जिल्ला संयोजक बिमान चौधरीले दिएका छन्।
सिनिको आयोजना औ गारोपाड़ा ग्राम पञ्चायतको सहयोगितामा गारोपाड़ा प्राथमिक विद्यालयमा आज कन्या फूटबल टूर्नामेन्ट पनि सम्पन्न गरिएको थियो भने सो टूर्नामेन्टमा अन्ततः राजाभात चियाबारी बनाम गंगुटिया चियाबारीमाझ फाइनल खेल सम्पन्न भएको थियो।
उक्त फाइनल म्याचमा राजाभात चियाबारीको टोली विजेता र गंगुटिया चियाबारीको टोली उपविजेता भएको थियो भने दुवै टोलीलाई ट्रफी प्रदान गरिएको थियो। सो अवसरमा गारोपाड़ा ग्राम पञ्चायत क्षेत्रका पञ्चायत सदस्यहरु कविता केरकेट्टा, कमला महली, पञ्चायत सचिव अनिल मुण्डा र पल्लव दास, सिनि अलिपुरद्वार संयोजक विमान चौधरी, सिनि स्टाफ भावना लामा, मीरा लामा एवम् अन्यान्यको उपस्थिति रहेको थियो।

About Author

Advertisement