सिलगढी: प्रत्येक वर्ष जस्तै यस वर्ष पनि छठ पूजाको अवसरमा सिलगढीको सिद्धु कान्हु सरानीमा छठ भक्तजनले कृत्रिम घाट बनाएर छठ पूजाको आयोजना गरेका छन्। कोरोनाको समयमा यस क्षेत्रमा विगत दुई वर्षदेखि सिद्धु कान्हु, सरानी, छठ पूजा सेवा समितिले पानीको कृत्रिम घाट बनाएर छठ पूजा गर्दै आएको थियो। यस वर्ष पनि यस क्षेत्रका १२ परिवारले कृत्रिम घाटमा छठ पूजा गरिरहेका छन्। पुजाको तयारी तिब्र रुपमा भइरहेको छ। पुजा समितिका सचिव अशोक दासले ‘नदी’ वर्षैभर प्रदूषित रहने बताए। यसबाहेक पछिल्ला घटनालाई मध्यनजर गर्दै नदीघाटमा हुने सम्भावित खतरालाई मध्यनजर गर्दै विगत दुई वर्ष झैँ यहाँ पनि कृत्रिम घाटमा पुजा गर्दै आएका छौं।









