सिडनी: अष्ट्रेलियाई क्रिकेट टीमका विस्फोटक ओपनर ट्रेविस हेडले एशेज २०२५-२६ सीरीजको पाँचौं टेस्टमा ईंग्ल्याण्डविरुद्ध आफ्नो फर्मलाई कायम राख्दै इतिहास रचे। सिडनी क्रिकेट ग्राउण्ड (एससीजी)-मा जारी टेस्ट म्याचको तेस्रो दिन हेडले असाधारण ब्याटिंग गर्दै यस प्रतिष्ठित मैदानमा आफ्नो पहिलो टेस्ट शतक पूरा गर्नको साथै एशेज सीरीजमा ओपनरको रूपमा सर्वाधिक शतक लगाउने रेकर्डको पनि बराबरी गरे। ईंग्ल्याण्डविरुद्ध जारी एशेज सीरीजमा यो हेडको तेस्रो शतक हो। यसअघि उनले पर्थ र एडिलेडमा पनि शतकीय ईनिंग्स खेलेका थिए। यस प्रदर्शनको साथ हेड त्यस एलीट सूचीमा सामेल भएका छन्, जसमा म्याथ्यू हेडन, एलिस्टेयर कुक, माइकल स्लेटर र ज्याक हब्स जसस्ता दिग्गज ओपनर सामेल छन्। यी सबै ब्याटरहरूले एउटा एशेज सीरीजमा ३-३ वटा शतक बनाएका थिए। हेडले तेस्रो दिन अविजित ९१ रनको स्कोरबाट खेल्न शुरु गरे अनि दिनको शुरुवातमै दर्शनीय कवर ड्राइवको साथ चौका लगाएर आफ्नो शतक पूरा गरे। देब्रे हातका यस ब्याटरले केवल १०५ बलमा आफ्नो १२औं टेस्ट शतक बनाएर उनी अहिले आफ्नो करियरको सर्वश्रेष्ठ फर्ममा रहेको साबित गरे। हेडले नाइटवचम्यान माइकल नेसरसँग तेस्रो विकेटको निम्ति ७२ रनको महत्त्वपूर्ण पार्टनरशीप पनि गरे। असाधारण फर्ममा रहने हेड अन्तमा १६३ रन बनाएर जेकब बेथेलको शिकार बने। उनले १६६ बल खेलेर २४ वटा चौका र एउटा छक्का लगाए। यस ईनिंग्सको अवधि हेडले जारी एशेज सीरीजमा आफ्नो ६०० रन पनि पूरा गरे। एशेज सीरीजको इतिहासमा यस आँकड़ासम्म पुग्ने उनी केवल नवौं ब्याटर हुन्।










