सिटोङ लाटपञ्जार ३२ नम्बर समष्टिमा जल जीवन मिशनको हर घर जल योजना अनि अन्य योजनाको शिलान्यास

IMG-20230513-WA0263.jpg

विकास कार्यलाई राजनैतिक दृष्टिकोणले हेर्नु हुँदैन: अनित थापा

खरसाङ: जीटीए प्रमुख कार्यपाल अनित थापाको बाहुलीबाट आज खरसाङ महकुमा अन्तर्गत सिटोङ लाटपञ्जार 32 नम्बर समष्टिमा विभिन्न विकासमूलक कार्यहरूको शिलान्यास गरिएको छ। कार्यक्रमलाई सम्बोधनमा राख्दै अनित थापाले भने, “मैले चुनाव समयमा यही गाउँबाट प्रचार सुरु गरेको थिए। त्यो प्रचार समय मैले धेरै गाली खाएर गएको थिए। चुनाव जितेपछि यहाँ आएको थिइन्। मैले दिएको वचन लिएर नै आउँछु भन्ने ठानेर यति दिनसम्म बसे। यस गाउँले बाटोको मांग गरेका थिए। आज बाटोको शिलान्यास पनि भयो। म जीटीएकाे सभासद भएको समयदेखि नै बाटो अनि समाज भवनको मांग हो। आज मेरो समयमा नै पूरा गर्नु सके।”
उनले केही समय अघि सांसद राजु विष्टले पनि शिलान्यास कार्यक्रम गरेको घटनालाई राख्दै भने कि शिलान्यास गर्नु नराम्रो होइन तर विभागको इञ्जिनियरहरुको उपस्थितिमा गरेको राम्रो हो। बरु राजु विष्टले केन्द्रको योजनाहरू ल्याएर शिलान्यास गरे झन उत्तम हुनेछ।” उनले अघि भने, “विकास कार्यलाई राजनैतिक दृष्टिकोणले हेर्नु हुँदैन। चुनावमा भोट दिन्छ भनेर शिलान्यास गरी हिँड्नु हुँदैन। काम गर्दा कसैलाई नढाँटी काम गर्नुपर्छ। हामीले आज कुन काम कति रकमको रहेको छ त्यो स्पष्ट रूपमा राखेका छौं।”
सोसियल मिडियामा लाटपञ्जारको सडक केही दिनदेखि भाइरल भएको कुरालाई अघि राख्दै उनले भने, “नकरात्मक कुरालाई फैलाउन हाम्रो मान्छेहरू माहिर छन्। अहिले लाटपञ्जारको बाटो सोसियल मिडियामा आईरहेको छ। त्यही बाटो पहिला कस्तो थियो अनि अहिले कस्तो भएको छ, त्यो कसैले खोज्दैन।”
जल जीवन मिसन अन्तर्गत हर घर जलको योजना अनुसार अपर मामरिङ खासमलमा ३.०६ करोडको, लोवर मामरिङ खासमलमा ५.६३ करोडको, तोरयाक खासमलमा १४.२५ करोडको, मङपू सिंकोना प्लान्टेसनमा २.८० करोडको, सिटोंग खासमलमा १०.८२ करोडको, कालीझोडा बजारमा १.६१ करोडको अनि सेवक हिल फरेस्टमा ४.९६ करोडको योजनाको शिलान्यास भयो।

त्यसरी नै थापाले शिलान्यास गरेको अन्य योजनाहरूमा अपर शेर्पा गाउँ, अपर तोरयोक बस्तीमा सी सी रोडको निर्माण हुनेछ। कोइला गोदाममा ३२.१८ लाखको लागतमा सामाजिक भवनको निर्माण हुनेछ। महालदिराम चिया बगानमा रु ४०.५१ लाखको लागतमा किचन अनि शौचालय सहितको सामाजिक भवनको निर्माण हुनेछ। महालदिरामको कोठी डाँडा देखि लाप्चे खेती सम्म पुग्ने बाटोको निर्माण ८४.९२ लाखको लागतमा निर्माण हुनेछ। सितोङ प्राथमिक स्वास्थ्य केन्द्र निर्माणको पनि शिलान्यास भयो।

About Author

Advertisement