सिटोङमा पथ श्री योजना अन्तर्गत सडक निर्माण कार्य चल्दैछ

IMG-20260105-WA0068

खरसाङ: खरसाङ महकुमा अन्तर्गत सिटोङ लाटपञ्चर समष्टिको सिटोङ एक घलेटार माजेडाँडादेखि उत्तरपूर्व शेल्पुसम्म जाने लगभग ४ किलो मीटरको सडक निर्माण कार्य अहिलेघरि चलिरहेको छ। पथश्री योजना अन्तर्गत गत केही महिना अघि जीटीए प्रमुख कार्यपाल अनित थापाले उक्त सडकको शिलान्यास गरेका थिए। यसरी नै सिटोङको पर्यटकीय स्थल आहाल डाँडा भ्यु पोइण्ट शेल्पुदेखि सत्संग भवनसम्मको डेढ किलो मीटरको सडक पनि यसै योजना अन्तर्गत निर्माण कार्य भईरहेको छ। यसरी नै शेल्पुको मध्य भागमा गाउँ कभर गरेर सडक बनिन गईरहेकोमा क्षेत्रवासी जनता धेरै खुशी छन् भने ठेकादारले यथाशीघ्र गुणस्तरीय ढाँचामा सडक बनाईदिनेछन् भन्ने कुरामा पनि आशावादी रहेका छन्।

About Author

Advertisement