दार्जीलिङ: सन्२०१७ को १७ जूनमा आन्दोलनको क्रममा शहीद भएका शहीदहरुको पाँचौं पूण्यतिथिमा जाति र माटोको निम्ति प्राणको आहुति चढाउने सम्पूर्ण शहीदहरुलाई स्मरण गर्दै गोर्खा जनमुक्ति मोर्चाले दार्जीलिङको सिंहमारी पार्टी कार्यालयमा श्रद्धाञ्जली अर्पण गरेको छ। यस अवसरमा पार्टी अध्यक्ष बिमल गुरुङले द्वीप प्रज्वलन गरी श्रद्धा सुमन अर्पण गरेर शहीदहरूको आत्मा शान्तिको कामना गर्दै उनीहरुको अधुरो सपना पूरा गरेरै छोड्ने प्रतिबद्धता जाहेर गरे। १७ जून २०१७ मा तीनजना शहीद भएका थिए। तीनैजनालाई श्रध्दाञ्जली अर्पण गर्दै तीनैजनाको आत्मा शान्तिको लागि मौन धारण गरिएको छ। उक्त श्रध्दाञ्जली सभापछि गोजमुमो अध्यक्ष बिमल गुरुङले पत्रकारहरूलाई सम्बोधन गर्दै २०१७ मा भाषामाथि अतिक्रमण हुँदा आजकै दिन तीनजना शहीद भएका थिए र तीनैजनाले स्मृतिमा आज गोजमुमोको सिंहमारीस्थित पार्टी कार्यालयमा श्रध्दाञ्जली अर्पण कार्यक्रम सम्पन्न भएको बताएका छन्। उनले गोजमुमो केन्द्रीय, महकुमा, टाउन कमिटी र अन्य स्थानहरूबाट आएका पार्टी कार्यकर्ताहरूद्वारा श्रध्दाञ्जली अर्पण गरिएको छ। उनले यो बलिदानलाई कहिले पनि खेर जाने छैन भनी बताउँदै सदैव शिरमा राखेर काम गरिरहेको अनि अहिले धेरै उत्तर चढ़ाव भए पनि हामीले जाति, माटो र अस्तित्वको लागि सदैव लागिपरेको बताए।










