सिटोङमा ‘नो रोड नो भोट’को ब्यानर अघि पुगे अजय एजवर्ड

HP-Sittiong

खरसाङ: सिटोङ लाठपञ्जार समष्टिको हाम्रो पार्टीको प्रार्थी तिमोथी मुखियाको पक्षमा चुनाव प्रचार गर्न सिटोङ पुगेका अजय एडवर्डले सिटोङको ‘नो रोड नो भोट’ लेखेको ब्यानर भएकोमा पुगेका थिए।  खरसाङको सिटोङको बाटोको अवस्था  देखेर भावुक भए एडवर्ड। जीटीए सभाको चूनावी प्रचार प्रसार गर्दै आज हाम्रो पार्टी अध्यक्ष अजय एडवर्ड बडा सिटोङ पूगेका थिए। यस अवधि उनले बाटोमा नो रोड नो भोट,लेखिएको ब्यानर देखेर निकै भावुक भए। देशको कुनै पनि नागरिकले यस्तो बयान दिनु सक्दैन तर यस क्षेत्रका बासिन्दाहरूले आफुहरूको गाउँमा कालो बाटो बनाई दिने निवदेन गर्दै कति नेताहरूलाई ज्ञापन पत्र चढायो होला, कति विभागीय अधिकारीहरू समक्ष गुहार लगायो होला, कही कतैबाट कुनै आशाको किरण देख्दा नपर्दा स्थानीय बासिन्दाहरूले यस्तो कदम उठाएको हुन सक्छ भन्दै हाम्रो पार्टी अध्यक्ष अजय एडवर्डले बताए। उनले बडा सिटोङको बासिन्दाहरूलाई भरोसा दिलाउँदै अघि भने मेरो नाम अजय एडवाटर्ड हो र आजसम्म मैले २२० भन्दा बेसी बाटोहरू खन्ने काम गरिसकेको छु अनि ती रातो बाटोहरूलाई कसरी कालो बनाउन सकिन्छ,त्यस दिशामा आफुहरू लागि परेका छौं, बडा सिटोङका बासिन्दाहरूले दुःख नमान्नु होस् तपाईहरूको गाउँमा कालो बाटो अवश्यै आउनेछ भन्ने भरोसा दिलाउँछु त़ भने। हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डसले अधि भने बडा सिटोङको बासिन्दाहरू समक्ष म प्रण गर्छु तपाईहरूको गाउँमा कालो बाटो अवश्यै आउने छ साथै तपाईहरूको यस क्षेत्रलाई पयर्टन स्थल पनि बनाउन सकिन्छ भन्ने उनले बताए। उनले अझ भने हामी राजनैतिक गर्न निस्केका होइनौं, समाज सेवा गर्न निस्केका हौं। आजसम्म हामीले आफ्नो बल बुतामा २२० भन्दा धेर कच्चा बाटोहरू बनाई सकेका छौं साथै धेरै गरीब बिमारीहरूको उपचार, गरीब विद्यार्थीहरूलाई शिक्षा दिने काम पनि गरी रहेका छौं भनी बताएका छन्। हाम्रो पार्टीको अध्यक्ष अजय एडवर्डसित सिटोङ लाठपञ्जर समष्टिको हाम्रो पार्टीको प्रार्थी तिमोथी मुखिया पनि साथमा उपस्थित थिए।

About Author

Advertisement