खरसाङ: पश्चिम बंगाल सरकारको कृषि विभागको भूमि संरक्षण शाखा अनि हिल डेभलपमेन्ट दार्जिलिङद्वारा खरसाङ महकुमा अन्तर्गत सिटोङ तीन ग्राम पञ्चायतको रोलक लङ्कु क्लस्टरका कृषकवर्गलाई कृषि चुना वितरण गरियो। उक्त अवसरमा कृषि विशेषज्ञ सन्तोष तामाङ एडीए भूमि सरंक्षण विभाग खरसाङको उपस्थिति रहेको थियोे। एकजनालाई २५ केजीको दरले उक्त क्लस्टरका कृषकहरुलाई कृषि चुना वितरण गरिएको छ।

यसै गरी केही दिन अघि गन्यौँलाको मल उन्नत प्रजातिका आरसचा एप्पल ग्राफटिङ्ग एभोगाडोको बिरुवा आदि पनि बाँडिएको थियोे। एडीए तामाङले कृषकवर्गलाई गन्यौँलाको मल कृषि चुना प्रयोगवारे पनि जानकारी गराएका थिए।









