सिटीजन एक्सन पार्टीका अध्यक्ष गणेश राईविरूद्ध प्राथमिकी दर्ता

IMG-20240717-WA0003

गान्तोक: सिटीजन एक्सन पार्टी (क्याप) का अध्यक्ष गणेश राईसँगै अन्य धेरैजनाविरूद्ध राजधानीको सदर थानामा प्राथमिकी दर्ता भएको छ। अध्यक्ष राईले गान्तोक वरिपरि निर्माण भइरहेको विभिन्न सरकारी परियोजनाहरूमा अनुमतिविना प्रवेश गर्दै निर्माणधीन कार्यमा जुटेका मजदुरहरूलाई काममा बाधा पुऱ्याएको धम्की दिएको आरोपमा स्टर मलसँग जोडिएका कृष्ण घिमिरेले आज सदर थानामा राईविरूद्ध प्राथमिकी दर्ता गरेका हुन्। आरोपी राईले निर्माणधीन परियोजनामा कानूनको उल्लङ्घन गर्दै निर्माणधीन कार्यमा जुटेका कर्मचारी साथै अधिकारीहरूसँग अभद्र व्यवहार गरेको आरोप छ।

About Author

Advertisement