सिटिजन एक्सन पार्टी सिक्किमका नेताको वाहन तोडफोड गरिएको आरोप

IMG-20230528-WA0320-5-300x172-3

गान्तोक: हिजो सिटिजन एक्सन पार्टी सिक्किमको नागरिक जागरण यात्राको दौरान सिटिजन एक्सन पार्टीका सशक्त नेता रविन राईको बोलेरो गाडी हिजो अपरान्ह १ बजे असामाजिक तत्वद्वारा लोवर तोरप सालघारीमा ढुङ्गा हानेर तोडफोड गर्दै पुर्णरूपमा क्षति पुऱ्याएको बताइएको छ। सिटिजन एक्सन पार्टीद्वारा आज जारी प्रेस विज्ञप्तिमा यस्तो दाबी गरिएको छ।

यस घटनालाई दुर्भाग्यपूर्ण बताउॅंदै सिटिजन एक्सन पार्टीले भनेको छ, जबजब लोकतन्त्रमा राजनैतिक पार्टी विफल बन्छ, हारको संघारमा पुग्छ, जनमतबाट बाहिरिन्छ, नेतृत्व असफल बन्छ, तबतब यस प्रकारको लाचारीपन देख्न सकिन्छ। चुनाउमा कुनैपनि राजनैतिक दलले आफ्नो निति सिद्धान्त र जनपक्षीय कार्यक्रमले जनताको ध्यानाकर्षण गर्न सक्नुपर्छ, तर यस्तो कार्यले सिटिजन एक्सन पार्टीको लोकप्रियतामा कुनै असर पार्दैन औ कुनै नेताकार्यकर्ताको मनोबल घट्तैन।

About Author

Advertisement