सिङ्ताम ट्याक्सी चालक संगठन (एसएमटीडब्लुए)-को चुनाउ ३० जूनमा सम्पन्न हुने

IMG-20220617-WA0154.jpg

सिङ्ताम। सिङ्ताम ट्याक्सी चालक संगठन (एसएमटीडब्लुए)-को आम सभा आज सिङ्ताम सामुदायिक हलमा संगठनका वरिष्ठ सदस्य राजेश तामाङको अध्यक्षतामा सम्पन्न भयो। २०२०- मै चालक संगठनको चुनाउ गर्नु पर्ने भएता पनि कोविड-१९ -को महामारीको कारणले गर्दा चुनाउ हुन नसकेको चर्चा-परिचर्चा गर्दै आजको सभाले पुरानो कार्यकारिणी समितिलाई विघटन गर्दै एक चुनाउ कमिटी पनि गठन गरेको छ, जसमा कृष्ण छेत्री, तेन्जिङ शेर्पा, दुर्गा प्रसाद विष्ट, बन्टु अधिकारी, दिपक प्रधान अनि सन्तोष गुरुङ सामेल रहेको छ। चुनाउमा संगठनको परिचय पत्र नवीकरण गर्ने चालक सदस्यहरुले मात्रै चुनाउमा मतदान गर्नसक्ने तथा नविकरण नगर्ने सदस्यहरुले मतदान गर्न नपाउने कड़ा निर्यण पनि आजको सभाले लिएको छ। चुनाउपछि नयाँ कार्यकारी समितिले कार्यभार सम्हाले पछि मात्रै परिचय पत्र नविकरणको काम शुरु गरिने पनि आजको सभाले निर्णय लिएको छ। नयाँ कमिटी गठन नभएसम्म संगठनको सम्पूर्ण कार्यभार आज गठित चुनाउ कमिटीलाई गर्ने जिम्मेवार सुम्पिएको छ तथा चुनाउमा लाग्ने सबै खर्च संगठनको कोषबाट चलाउने पनि सभाले निर्णय गरेको छ।
यसरी नै नयाँ चुनाउ कमिटीले चालक संगठनको मुख्यालयमा आज नै एक सभा आयोजित गरी ३० जून २०२२-को दिन सिङ्ताम मारवाड़ी धर्मशालामा संगठनको चुनाउ गराउने निर्णय गरेको छ। चुनाउको दिन बिहान ८ बजीदेखि बेलुकी ३ बजीसम्म मात्रै चालक सदस्यहरुले मतदान गर्न पाउने समय पनि चुनाउ कमिटीले निर्धारित गरेको छ।

About Author

Advertisement