सिङ्ताम घटनालाई लिएर दुईवटा एफआईआर दर्ता, कूल आठ आरोपित पक्राउ

IMG-20230408-WA0112.jpg

गान्तोकः हिजो ८ अप्रेलको दिन सिङ्ताममा भएको हिंसात्मक घटनाको सम्बन्धमा पुलिसले कुल आठजनालाई पक्राउ गरेको जानकारी दिएको छ। उक्त घटनालाई लिएर जोइन्ट एक्सन काउन्सिल र सिङ्ताम निवासी सुरेश कुमार तामाङको पक्षबाट दुईवटा बेग्ला-बेग्लै एफआईआर सिङ्ताम पुलिस स्टेशनमा दर्ता गरिएको छ। पुलिसले दिएको जानकारी अनुसार, सिङ्ताम निवासी सुरेश कुमार तामाङले गोस्खान डाँडाको इन्द्रेनी पुल नजिकमा जोइन्ट एक्सन काउन्सिलका महासचिव केशव सापकोटा, केदारनाथ तिवारी, नवीन कार्की लगायत अन्यहरूले अजय तामाङमाथि आक्रमण गरेको आरोप लगाउँदै एफआईआर दर्ता गरेका थिए। सुरेश तामाङको एफआईआरको आधारमा पुलिसले केदारनाथ तिवारीलाई पक्राउ गरेको बताइएको छ। तथापि हिजो पक्राउ गरिएका केदारनाथ तिवारी पुलिस हिरासतबाट छुटेका छन्।

यता जोइन्ट एक्सन काउन्सिलका महासचिव केशव सापकोटालाई आक्रमण गरेको विषयमा काउन्सिलका उपाध्यक्ष आशिष राई र तिर्थ शर्माले अज्ञात समूह विरुद्ध एफआईआर दर्ता गराएका थिए। जोइन्ट एक्सन काउन्सिलको पक्षबाट गरिएको एफआईआरको आधारमा पुलिसले कूल सातजनालाई पक्राउ गरेको बताएको छ। पक्रा परेकाहरूमा सुरेश तामाङ, उत्तम प्रधान, विधान शंकर, प्रकाश प्रधान, जुलेट सुब्बा, फुला भोटिया र चन्द्रकुमार शर्मा सामेल छन्। शनिवारको हिंसात्मक घटनामा घाइते बनेका केशव सापकोटा र अजय तामाङ दुवैको उपचार सेन्ट्रल रेफलर अस्पताल मणिपालमा भइरहेको पुलिसले जानकारी दिएको छ।

About Author

Advertisement