सिङ्ताममा ज्याकको शान्तिपूर्ण ऱ्याली बन्यो रणभूमिमा पर

IMG-20230408-WA0249.jpg

महासचिव केशव सापकोटोमाथि प्राणघातक हमला

गान्तोक। सिक्किमको एक नागरिक सङ्गठन जोइन्ट एक्शन काउन्सिल (ज्याक) ले डाकेको शान्तिपूर्ण ऱ्यालीमा अशान्ति सृजना भएपछि सिङ्गताम बजार रणभूमिमा परिणत भयो। गान्तोक जिल्लाका पुलिस अधिक्षक तेञ्जिङ लोडेन लेप्चाकाअनुसार बिहान करिब ११:३० बजी स्थानीय गोसखान डाँड़ा नजिक भएको तीनवटा अलग अलग घट्नामा कूल तीनजना घाइते भएका छन् भने एउटा वाहन तोड़फोड़ भएको छ। घाइते हुनेहरूमध्ये ज्याकका महासचिव केशव सापकोटालाई अधिक चोट लागेको छ जसको हाल मणिपाल सेन्ट्लर रेफरल अस्पतालमा उपचार चलिरहेको छ। यसरी नै एकजना चालक अजय तामाङलाई पनि चोट लागेको छ। अर्कोतिर सिक्किम डेमोक्रेटिक फ्रण्ट पार्टीका नेता तथा पूर्व विधायक डा. मिचोङ भोटियामाथि पनि आक्रमण भएको तर उनको पक्षबाट प्राथमिकी दर्ता नगरिएको पुलिस अधिक्षक लेप्चाले बताए। डा. भोटियाको वाहन पनि तोड़फेड़ भएको छ। पुलिस अधिक्षकले थप जानकारी गराएअनुसार दुईवटा घट्नालाई लिएर लिखित प्राथमिकी दर्ता गरिएपछि पुलिसले भारतीय दण्ड संहिताको धारा ३२५ र ३५ अन्तर्गत मामिला दर्ता गरेर दङ्गाको भीडियो हेर्दै आरोपीहरूको पक्राउ शुरु गरेको छ। यो समाचार लेखुञ्जेलसम्म पुलिसले चारजना आरोपीलाई अधीनमा लिएको थियो।
घट्नाक्रमअनुसार ज्याकले डाकेको जुलूलमा सहभागी बन्न सिङिगताम बजारको गोसखान डाँड़ामा मानिसहरूको भीड़ लाग्दै थियो। यस्तोमा त्यसै जुलूसमा भाग लिन भनि आएका डा. मिचुङ भोटिया र उनको वाहनमाथि सर्वप्रथम हमला हुन्छ। एसडीएफ पार्टीले यसको निम्ति सत्तारुढ़ सिक्किम क्रान्तिकारी मोर्चामाथि आरोप लगाएको छ। यसैबीच अर्कोतिर ज्याकका सदस्यहरू अनि गोसखान डाँड़ामै आज निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको चालक सङ्गठनका सदस्यहरूबीच झगड़ा हुन्छ। पुलिस अधीक्षक लेप्चाकाअनुसार दुइ गुटमा पहिले मौखिक भनावैरी हुन्छ जुन पछि हातापइ र कुटपिटामा परिणत हुन्छ। स्थितिलाई ध्यानमा राखेर जिल्ला प्रशासनले घट्नास्थलमा धारा १४४ लागु गरेको थियो।

यसरी स्थिति तनाउपूर्ण भएपछि आजको ज्याकको शान्तिपूर्ण जुलूस शुरु हुन अघि नै फिर्ता लिनुपरेको थियो। उल्लेखनीय छ, सम्भावित तनाउपूर्ण स्थितिलाई ध्यानमा राखेर गान्तोक जिल्ला प्राशासनले ज्याकलाई सिङ्गताममा जुलूस निकाल्ने अनुमति प्रदान गरेको थिएन। तर, ज्याकले बिना अनुमति नै सिङ्गताममा जुलूस निकालेको थियो।

About Author

Advertisement