सिङ्गताम हिंसाको प्रतिवाद

IMG-20230410-WA0010.jpg


“एक दिन घर भित्र” बस्ने ज्याकको सिक्किमवासीलाई अपील

गान्तोक: हिजो सिङ्गताममा महासचिव केशव सापकोटामाथि भएको प्राणघातक आक्रमणको प्रतिवाद जनाउँदै गैरराजनीतिक सङ्गठन जोइन्ट एक्शन काउन्सिल (ज्याक) ले भोलि एक दिन घरबाट बाहिर ननिस्कने राज्यवासीलाई अपील गरेको छ। सङ्गठनले यसलाई एक दिन घरभित्र-को संज्ञा दिएको छ। यो जोइन्ट एक्शन काउन्सिलका महासचिव केशव सापकोटामाथि भएको प्राणघातक आक्रमणको प्रतिकात्मक प्रतिवाद हुनेछ, प्रवक्ता डुकनाथ नेपालले भने। उनले भोली एक दिन सबै तह र तप्काका सिक्किमवासीले घर भित्र बसेर हिजो सिङ्गताममा भएको हिंसात्मक घट्नाको विरोध जनाउने अपील गरेका छन् जुन घट्नामा केशव सापकोटा गम्भीर घाइते भएका छन्। उनको हाल मणिपाल सेन्ट्रल रेफरल अस्पतालमा उपचार चलिरहेको छ।
हिजो ज्याकका महासचिव केशव सापकोटाको शरीरबाट जुन रगत बग्यो त्यसको मूल्य प्रत्येक सिक्किमेले चुकाउनु पर्नेछ। उनको रगतलाई त्यसै खेरो जानुदिनु हुँदैन, डुक नाथ नेपालले भने। ज्याकले सिक्किम र सिक्किमेको भविष्यको निम्ति राज्यवासीलाई सड़कमा निस्कने अपील गर्दै प्रशासन र गुण्डाको डरले निस्कने नसकेको बताउँदै एब एक दिन बाहिर ननिस्केर तथा घर भित्रै बसेर साथ दिने उनले अपील गरेका छन्। जबसम्म वित्तन ऐन २०२३ निरस्त तथा रद्द हुँदैन तबसम्म अब सिक्किमेहरू बिसाउनु हुँदैन, उनले थपे।
यसरी नै सङ्गठनका उपाध्यक्ष पासङ शेर्पाले भोली एक दिन सिक्किमवासी सबैजना घरभित्रै बसेर केवस विभिन्न सामाजिक सञ्जालमार्फत समर्थन जनाउने अपील गरेका छन्। यसको साथै उनले भोली लाग्ने सिक्किम विधानसभाको एक दिने विशेष सत्रमा वित्त ऐन २०२३ रद्द गर्ने प्रस्ताव पारित गर्ने सबै विधानसभा सदस्यहरूलाई अपील गरेका छन्।
हिजो ज्याकका महासचिव केशव सापकोटामाथि भएको प्राणघातक आक्रमणलाई लिएऱ हत्याको प्रयास मामिलामा मुद्दा दर्ता गरिनुपर्ने जोइन्ट एक्शन काउन्सिलले माग गरेको छ। सापकोटामाथि प्राणघातक आक्रमण भएको तर प्रशासनले केवस गम्भीर चोट पुऱ्याएको मामिला दर्ता गरेको उनले बताए। प्रशासनले झट्टै उक्क मामिलालाई हत्याको प्रयासमा फेर्नुपर्ने उनले माग गरेका छन्।

About Author

Advertisement