सिङ्गतामबाट अझ एउटा शव उद्धार

IMG-20231005-WA0229.jpg

सिङ्गताम: विनाशको दोस्रो दिन पनि आज सिङ्गतामबाट एउटा शव उद्धार गरियो। स्थानीय लालबजारबाट यो शव फेला परेको हो। उल्लेखनीय छ, हिजो राति स्थागित गरिएको उद्धारकार्यलाई आज बिहानैदेखि सिक्किम पुलिस, स्टेट डिजास्टर रेस्पोन्स फोर्स, एनडीआरएफ र सेनाका जवानहरुले पुनः शुरु गरेको थियो। अर्कोतिर सिङ्गताम नगर पञ्चायत अध्यक्ष सुरेश तामाङको नेतृत्वमा पुरिएका घर अनि बाटोहरू सफा गर्ने काम दिनभरि नै सम्पन्न भयो।

About Author

Advertisement