दार्जिलिङ: आज सिङताम चियाबारीस्थित रामलाल धुरामा भागोप्रमो सदर १ समष्टि संयोजक अमृत योञ्जनको नेतृत्वमा तथा केन्द्रीय उपाध्यक्ष डीके प्रधानको अध्यक्षतामा आयोजित एउटा सभामा स्थानीय रामलालधुराका ५० घरले भागोप्रमोको झण्डा समाएर पार्टीमा समर्थन जनाएका छन्। विशेष गरेर यस क्षेत्रका विभिन्न समस्याहरूबारे विभिन्न राजनीतिक दलहरूलाई बुझाए तापनि यस गाउँको ठूलो समस्याहरू भागोप्रमोबाट सम्बोधन गरिने साथै यस विषय जीटीए मुख्य कार्यपाल अनित थापालाई जनाउने वक्ताहरूले जनाए।

यस कार्यक्रममा सदर १ समष्टिका संयोजक अमृत योञ्जन, केन्द्रीय महासचिव अमर लामा, दार्जिलिङ महकुमा समिति अध्यक्ष आलोक कान्तमनि थुलुङ, सचिव केशवराज पोखरेल, केन्द्रीय सदस्यहरूमा तिलक देवान, दावा साङ्गे, पासाङ अग्रवाल, दुर्गा खरेल, युवाशक्तिको उपाध्यक्ष डा योगेश पन्त, मूलसचिव सदीप प्रधान, प्रवक्ता निरज थापा, सदस्य सुनील राई, तेञ्जिङ खाम्बाचे, सदर चार समष्टिबाट पारस छेत्री लगायत स्थानीय गाउँलेहरूको उपस्थिति रहेको थियो।











