सिङताममा लाइन्य क्लबको बैठक

IMG-20230719-WA0361.jpg

गान्तोक: लायन्स इन्टरनेश्नल अन्तर्गत जोन -१ को पहिलो बैठक माझीटारमा सम्पन्न भयो। लायन्स क्लब सिङतांमको सहयोगमा आयोजित बैठकमा लायन कमलेश कलानीको साथ लायन आलोक रोय, पुरुषोतंम अग्रवाल, रघुबीर अग्रवाल, सत्यनारायण बन्सल, संजय अग्रवाल, गौतम अग्रवालको उपस्थितित तियो। सिङतांमका सभापति लायन बिजय अग्रवालको स्वागत सम्बोधनसंगै सुरू भएको बैठकमा क्लबले गरेको कार्यबारे जानकारी दिए। क्लबहरुको उत्कृष्ट प्रदर्शनप्रति बधाई प्रकट गर्दै स्थायी प्रकल्पहरुमाथि पनि ध्यान दिने आग्रह गरे। हालसम्म रम्फूमा लायन्स पोइन्ट, सिङतांममा वेटिङ सेड र पिउने पानीको जडानसंगै गान्तोक हिल्सको प्रकल्पबारे चर्चा गर्दै अब यो वर्ष अझ धेर प्रकल्पहरु सुरू गर्ने निर्णय लिइयो। लायन पुरुषोतम अग्रवालले लायन्स क्लबले धेरै नयाँ परियोजनाहरु लिएर आएको र स्थायी परियोजनाहरुको लाभ क्लबले उठाउने आह्वान गरे। लायन आलोक रोयले आगामी दिपवाली पश्चात गान्तोकदेखि असमको सिमाना बारोबिसासम्म एक विशाल ऱ्याली आयोजित गरिने र यसमा जिलाका विभिन्न प्रकल्पहरुको विशेष प्रदर्शनीहरु गरिने जानकारी दिए।

About Author

Advertisement