सिक्किम सुपरस्टार किड्स डान्स च्याम्पीयनशिपको ग्राण्ड फिनाले सम्पन्न

IMG-20240720-WA0287

गान्तोक: चेतन एण्ड फिटनेस स्टुडियो अनि सुपर मम् भ्लगद्वारा आयोजित सिक्किम सुपरस्टार किड्स डान्स प्रतियोगिताको ग्राण्ड फिनाले आज मनन केन्द्रको मिनी हलमा सम्पन्न भयो। राज्यका स-साना नानीहरूलाई नृत्यको क्षेत्रमा प्रोत्साहन साथै मञ्च प्रदान गर्ने उद्देश्यले आयोजित आयोजित प्रतियोगितामा ११ जनाले सहभागिता जनाएका थिए। यो प्रतियोगितामा डान्सर तथा मिस्टर इण्डिया २०२३ आकश प्रधान अनि राज्यका ख्यातीप्राप्त हिपप डान्सर सोनाम लिनो लेप्चाले निर्णायकको भूमिका निर्वाह गरेका थिए। प्रतियोगितामा भाग लिएका प्रतियोगीहरूलाई कार्यक्रमको विशेष अतिथि छिरिङ युडेन भोटिया अनि संजिता खवासले प्रमाण पत्र हस्तान्तरण गरे।

About Author

Advertisement