पुरानो पेन्सन नीतिको समर्थनमा सरकारी कर्मचारी सङ्घ (ग्रुप सी र डी)

IMG-20221206-WA0406.jpg

गान्तोक। सरकारी कर्मचारी सङ्घ (सी र डी) ले पुरानो पेन्सन नीतिलाई समर्थन जनाएको छ। आज राजधानीमा पत्रकारहरूसित कुराकानी गर्दै सङ्घका अध्यक्ष साङ्गे जाङ्गपो भोटियाले कर्मचारीहरूको हितलाई हेर्दा पुरानो पेन्सन नीति नै सही रहेको बताए। उल्लेखनीय छ, सिक्किम राज्यमा पनि देशका अधिकाङ्श राज्यमा जस्तै नयाँ पेन्सन नीति लागु गरिएको छ। राज्यका विशेष गरेर नयाँ सरकारी कर्मचारीहरू यस नयाँ नीतिअन्तर्गत परेका छन्। तर, यो नयाँ पेन्सन नीति कर्मचारीहरूको हितमा नरहेको तथा नयाँ पेन्स्न नीतिले कर्मचारीहरूको भविष्य सुरक्षित नरहेको केही कर्मचारीहरूको भनाइ रहेको छ। यसैले एक पक्षका कर्मचारीहरू समूह बनाएर पछिल्ला केही वर्षदेखि राज्यमा पुरानो पेन्सन नीति लागु गरिनुपर्ने माग गर्दै आएको छ। त्यसै समूहले आगामी ११ दिसम्बरको दिन राजधानीमा एउटा जुलूस पनि निकाल्ने भएको छ।

सिक्किम सरकारी कर्मचारी सङ्घ (सी र डी) ले आगामी १२ र १३ दिसम्बरको दिन अल अइण्डिया गभरमेन्ट इम्पोलइस फेडरेशनको डिमापूरमा हुने सम्मेलनमा पनि यस विषयमा कुरा राख्ने अध्यक्ष भोटियाले बताए। यसको साथै सङ्घले पछिल्ला समयहरूमा कर्मचारीहरूको हितमा धेरै काम गर्दै आएको पनि उनले जानकारी गराए। तर, कतिपय कारणवश राज्यका मुख्यमन्त्रीसित भेट्ने अवसर नमिलेकोले ग्रुप सी र डी कर्मचारीहरूको धेरैवटा माग र गुनासोहरू सरकारसमक्ष राख्न नसकिरहेको पनि उनले थप जानकारी गराए।

About Author

Advertisement