सिक्किम सरकारको म्याराथनको उद्घाटन, ‘लागुऔषधमुक्त सिक्किम’को लक्ष्यसहित दौड सुरू

Screenshot_20260215_213731_Facebook

नाम्चेबुङ: सिक्किम सरकारको खेलकुद तथा युवा मामिला विभागका मन्त्री राजु बस्नेतले आज नाम्चेबुङ निर्वाचन क्षेत्रको चेङ्गे सेन्टीमा आयोजित १० किलोमिटर म्याराथनलाई झण्डा हल्लाएर शुभारम्भ गरे। “लागुऔषधमुक्त सिक्किमको लागि सँगै दौड़ौं” भन्ने थीमका साथ आयोजना गरिएको यस म्याराथनको उद्देश्य सिक्किम राज्यलाई लागुऔषधमुक्त बनाउन जागरूकता फैलाउनु र नागरिकलाई स्वास्थ्य र सक्रिय जीवनशैली अपनाउन प्रोत्साहित गर्नु हो।
मन्त्री बस्नेतले उद्घाटन सत्रमा खेलकुद, युवा संलग्नता र सामुदायिक सहभागिता मार्फत लागुऔषध दुरुपयोग विरुद्ध लड्नको महत्त्वपूर्ण भूमिका रहेकोमा जोड दिएका छन्। उनले, “फिटनेसलाई सामाजिक उत्तरदायित्व र जागरूकतासँग जोड्ने मञ्च शुरु गरेकोमा आयोजक समितिको प्रशंसा गर्न चाहन्छु,” भने।
म्याराथन कार्यक्रमले न केवल शारीरिक स्वास्थ्यमा सुधार ल्याउन, वरन् सिक्किमलाई लागुऔषधमुक्त बनाउन नयाँ कदम अघि बढाउन महत्वपूर्ण भूमिका निभाउने विश्वास व्यक्त गरिएको छ।

About Author

Advertisement