सिक्किम सरकारको अधिनमा रहेको टिस्टा उर्जाको शेयर बेचेको आरोपलाई मन्त्री एमएन शेर्पाले गरे खण्डन

si

गान्तोकः टिस्टा उर्जा लिमिटेड अथवा सिक्किम उर्जामा सिक्किम सरकारको अधिनमा रहेको सेयर एसकेएम सरकारले ग्रीनको कम्पनीलई बेचेको भनि पूर्व मन्त्री छिरिङ वाङ्दी लेप्चाले लगाएको आरोपलाई विद्युत विभागले खण्डन गरेको छ। टिस्टा उर्जा लिमिटेजमा रहेको सिक्किम सरकारको सेयर एक प्रतिशत पनि तलमाथि नभएको विभागले बताएको छ। आज गान्तोकस्थित विद्युत विभागको सचिवालयमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन विद्युत तथा उर्जा विभागका मन्त्री एमएन शेर्पाले सरकारमाथि टिस्टा उर्जाको सेयर बेचेको भनी लागेको आरोपलाई निधार र भ्रामक बताए। वर्ष २०१७ मा टिस्टा उर्जा लिमिटेड चालु हुँदा सिक्किम सरकारसित यसको ६०.०८ प्रतिशत शेयर रहेको र अहिले पनि त्यही स्थितिमा रहेको जानकारी दिंदै छिरिङ वाङ्दी लेप्चालाई बोल्न अघि विभागबाट सहि तत्य संकलन गर्न सुजाउ पनि दिए।

जानकारी गराइन्छ, गत केही दिन अघि पत्रकार सम्मेलन गरेर पूर्व मन्त्री छिरिङ वाङ्दी लेप्चाले सिक्किम सरकारको अधिनमा रहेको टिस्टा उर्जाको सेयर एसकेएम सरकारले ग्रीनको कम्पनीलाई बेचेको आरोप लगाएका थिए। यसै सन्दर्भमा सरकारको पक्ष राख्दै मन्त्री एमएन शेर्पाले छिरिङ वाङ्दी लेप्चाको बयानलाई गैर जिम्मेवारी र सरकारलाई बदनाम गराउने बयान हो भन्दै पूर्व मन्त्री लेप्चाले माफी माग्नुपर्ने बताएका छन्। सिक्किम सरकारको अधिन बाहिर रहेको विभिन्न कम्पनीको शेयर मध्ये ३४.३० प्रतिशत सेयर भने ग्रीनको अधिनमा रहेको जानकारी दिंदै सरकारको अधिन बाहिरको सेयर बिक्री बारे हस्तक्षेप हुन नसक्ने बताए। तथापी सिक्किम सरकारको सेयर सुरक्षित रहेको उनले दाबी गरेका छन्।

अर्कोतर्फ एसडीएफ सरकारले बाँकी लिएर टिस्टा उर्जा लिमिटेडको सेयर किनेको कारण वर्तमान सरकारले यसबाट ठूलो बोझ बोक्न परिरहे पनि ऋणको बोझ घटाउन सरकारले विभिन्न प्रयास जारी राखेको बताएका छन्। उनले जानकारी दिएअनुसार, टिस्टा उर्जा लिमिटेड निर्माणमा कुल ११ हजार करोड रुपियाँ कम्पनी पक्षले लिएको ऋणमा सिक्किम सरकार ग्यारेन्टर बसेको, सुरुआती चरणमा ५७०० करोड रुपियाँको प्रस्तावित योजनालाई बढाएर समापनकालमा १३९६५ करोड रुपियाँको बनाएको र कम्पनीको इकुइटी सेयर किन्न पूर्व सरकारले २७०० करोड रुपियाँको लोन ११ प्रतिशत ब्याज दरमा लिएका कारणसिक्किम सरकारमाथि टिस्टा उर्जालाई लिएर ठूलो बोझ रहेको बताए।

कम्पनीबाट पाउने १२ प्रतिशत बिजुली पनि सरकारले ऋणको ब्याज साउँ-व्याज तिर्नमा नै खर्च गर्नु परिरहेको कारण यसबाट सिक्किमलाई कुनै फाइदा नरहेको बताए। यस्तो स्थितिमा रहेको कम्पनीलाई एनपीए हुनबाट बचाउन एसकेएम सरकारले धेरै प्रयास गरिरहेको बताउँदै उर्जा मन्त्री एमएन शेर्पाले पूर्व मन्त्री छिरिङ वाङ्दी लेप्चालाई सत्य तथ्य बुझेर मात्र बयान दिन भनेका छन्। टिस्टा उर्जा लिमिटेडको निर्माण लागत, शेरय खरिद र अन्य धेरै विषयमा वित्तिय अनियमिताको स्थिति हुनसक्ने विषय उठिरहेकै समय टिस्टा उर्जा प्रोजेक्टलाई लिएर फोरेन्सिक अडिट गराइरहेको र यसको रिपोर्ट चाँडै सार्वजनिक गर्ने बताए।

अर्कोतर्फ टिस्टा उर्जाको सेयर र अन्य कार्यमा लिएको ऋण तिर्ने मियाद २०४५ सम्म रहेको तर सरकारले यो मिदाय घटाउने बारे पनि प्रयास गरिरहेको बताए। टिस्टा उर्जामा सुनिस सरोगीको नियुक्तिलाई लिएर उठेको विवाद पनि कोवल विवादै लागि मात्र उठाइएको विषय हो भन्दै सुनिल सरोगीको नेतृत्वमा टिस्टा उर्जाले अहिले ध्रै प्रगति गरेको बताए।

-हिस

About Author

Advertisement