गान्तोक: “वनस्पति जैवप्रविधिमा हालका प्रवृत्तिहरू” विषयक तीनदिने राष्ट्रिय कार्यशाला आज गान्तोकमा सुरु भएको छ। देशभरबाट वैज्ञानिक, शिक्षाविद् तथा अनुसन्धानकर्ताहरू यस कार्यक्रममा सहभागी भएका छन् भनि मुख्यमन्त्री प्रेम सिंह तामाङले संजाल मार्फत जानकारी गराए।
प्राप्त जानकारी अनुसार यो कार्यशाला सिक्किम विश्वविद्यालयको बागवानी विभागले भारतीय कृषि अनुसन्धान परिषदअन्तर्गतको दाल अनुसन्धान संस्थानको सहकार्यमा आयोजना गरेको हो। उद्घाटन सत्रमा मुख्यमन्त्रीले सम्बोधन गर्दै वनस्पति जैवप्रविधि, जीन सम्पादन तथा बाली सुधारसम्बन्धी हालका प्रगतिबारे प्रकाश पारे।

यसैगरी मुख्यमन्त्रीले तीन दिनसम्म चल्ने यस कार्यक्रममा विशेषज्ञहरूको व्याख्यान, प्रयोगात्मक अभ्यास सत्र तथा पोस्टर प्रस्तुतीकरण समावेश रहने र कार्यक्रम मार्च २१ मा समापन हुने बताए।








